Psalm 5 Flashcards
हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्नुहोस्
Give ear to my words, O Lord
मेरो सुस्केरामा ध्यान दिनुहोस्
Pay attention to my sighs
हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु
Hear my cry, O my King, O my God, for to You I pray
हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ
Lord, you hear my voice in the morning
सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु, र आशामा पर्खन्छु
I lay my prayers before you early, and wait in hope
तपाईं दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न
You are not a God who delights in wickedness
खराबी तपाईंमा वास गर्न सक्दैन
Evil cannot dwell in you
घमण्डी मानिस तपाईंको सामु टिक्नै सक्दैन
A proud man cannot stand before you
दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ
You hate all evildoers
झूट बोल्नेहरूलाई तपाईं नाश गर्नुहुन्छ
You destroy the liars
परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ
The Lord hates murderers and deceivers
तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्नेछु
But I will enter your house, because of your great mercy
भक्तिसाथ तपाईंको पवित्र मन्दिरतिर फर्की दण्डवत् गर्नेछु
I will return to your holy temple with devotion
हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्
O Lord, lead me in your righteousness because of my enemies
तपाईंको मार्ग मेरो सामुन्ने सोझो पारिदिनुहोस्
Make your way straight before me
तिनीहरूको मुखमा सत्यता छैन, अनि तिनीहरूको हृदय दुष्टताले भरिएको छ
There is no truth in their mouth, and their heart is full of wickedness
तिनीहरूको घोक्रो खुला चिहान हो, अनि आफ्नो जिब्रोले तिनीहरू छलका कुरा बोल्छन्
Their pit is an open grave, and with their tongue they speak deceit
छलका
trickery
तिनीहरूलाई दोषी ठहराउनुहोस्
Condemn them
आफ्नै जाल तिनीहरूका पतनको कारण होस्
Let their own snares be the cause of their downfall
तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्
Abandon them because of their many transgressions
किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन्
For they have rebelled against you
तर तपाईंमा शरण लिनेहरूचाहिँ रमाऊन्,
र तिनीहरू सधैँ हर्षले गाऊन्
But let those who take refuge in you rejoice,
And may they always sing with joy
ढालले रक्षा गरेझैँ आफ्नो कृपा-दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ
He surrounds them with His loving-kindness like a protective shield