एक Flashcards
किंकर्तव्यविमूढ
[वि०] [सं०]
निर्णयशक्तिको अभावमा कुनै काम गर्न के गरूँ, कसो गरूँ भई अलमलिएको;
आफूले गर्नुपर्ने काम वा कर्तव्यबारे ठहर गर्न नसकी दोधारमा परेको;
रनभुल्लमा परेको;
बिलखबन्द।
आविर्भाव
[ना०] [सं०]
१. उत्पत्ति; पैदा; प्रकट।
२. नयाँ वस्तुको उत्पादन; आविष्कार।
३. सामु देखिने कार्य; बाहिर दृश्य रूपमा प्रकट हुने काम।
गोचर
[वि०] [सं०] १. इन्द्रियग्राह्य; इन्द्रियद्वारा जानिने।
ना० २. इन्द्रियद्वारा ग्रहण गर्न सकिने वस्तु (रूप,रस, गन्ध,स्पर्श, शब्द आदि०; इन्द्रियको विषय।
३. गाई चर्नका लागि छाडिएको जमिन; गौचर; गौचरन।
४. ज्योतिषशास्त्रअनुसार मानिसका नाउँका आधारमा गणना गरिने ग्रहको गति।
उदाहरण: उनको भावुक कल्पनामा निर्मित मेरो विम्ब सायद बेनीबहादुर कार्कीजत्रो हुँदो हो। तर, यथार्थमा गोचर भयो लघुकाय र सुसुपाल मनुवा। र, नै उनी खिस्रिक्क परे।
विस्मित
[वि०] [सं०] जिल्ल परेको; आश्चर्यमा परेको; छक्क परेको; आश्चर्यचकित
उदाहरण: पहिलोपटक मलाई देख्दा उनी त्यसैत्यसै विस्मित भएका रे !
सुसुपाल
[वि०] [सं० शिशुपाले दुब्लाएर हाड र छाला मात्र बाँकी रहेको; अत्यन्त दुब्लो।
उदाहरण: उनको भावुक कल्पनामा निर्मित मेरो विम्ब सायद बेनीबहादुर कार्कीजत्रो हुँदो हो। तर, यथार्थमा गोचर भयो लघुकाय र सुसुपाल मनुवा। र, नै उनी खिस्रिक्क परे।
छटा
[ना०] [सं०] १. कुनै वस्तुमा पाइने सौन्दर्य; हिस्सी; शोभा। २. प्रकाशका किरणहरूको समूह; कान्ति; दीप्ति। ३. समूह; समुदाय।
उदाहरण: मेरो भाषाको झर्रोपना, व्यंग्यको छटा र अभिव्यक्तिको आक्रामकताप्रति उनी आकर्षित भएका रे !
झर्रो
[वि०] [प्रा० झरडो > सं० झरट] १. धूलो आदि झट्कारेर सफा पारिएको।
२. नबिटुलिएको; चोखो; शुद्ध।
३. बाबुआमाको गुण लिएको; बाबुआमासँग काटीकुटी मिल्ने।
४. बाहिरी प्रभाव नपरेको।
५. निम्नतम सामाजिक पूर्वाधार पूरा गरी तल्लो जातीय कोटिबाट माथिल्लो कोटिमा प्रवेश गरेको।
ना० ६. त्यसरी माथिल्लो कोटिमा पुगेको कुनै व्यक्ति।
उदाहरण: मेरो भाषाको झर्रोपना, व्यंग्यको छटा र अभिव्यक्तिको आक्रामकताप्रति उनी आकर्षित भएका रे !
भुइँफुट्टा
तिनताक राजनीतिक सत्ता भुइँफुट्टा राजा ज्ञानेन्द्रले कब्जा गरेका थिए
अन्यमनस्क
[वि०] १. ध्यान वा मन लाग्नुपर्ने कुरामा नलागी अन्तै गएको; मन उडेको; मन ठेगानमा नभएको। २. चित्तवृत्ति अन्तैतिर लागेको।
उदाहरण: लास्टै अलोकप्रिय हुन पुगेका लाठे राजनीतिक दलका नेताहरू अन्यमनस्क मनोदशामा थिए।
अकर्मण्य
[वि०] [सं०] १. केही पनि काम नगर्ने; निकम्मा; अल्छी; निष्वि्र्कय। २. कुनै पनि उल्लेखनीय वा सार्थक काम गर्न नसक्ने; बेकार; व्यर्थ
दिग्भ्रम
[ना०] [सं०] १. दिशा छुट्ट्याउने सम्बन्धमा हुने भ्रम; दिशा पत्ता लाग्न नसक्ने अवस्था वा स्थिति।
२. बाटोभुलाइ; दिशाभ्रम।
३. अन्योल।
निस्तेज
[वि०] [सं०] १. तेज वा प्रकाश नभएको; अन्धकारयुक्त। २. शक्ति नभएको; निर्धो।
शनै:शनै:
यता मूलप्रवाहको विचार र राजनीतिको यो भयावह रिक्ततामा शनैःशनैः नागरिक आन्दोलनको जायजन्म हुँदै थियो।
प्रबुद्ध
[वि०] [सं०] १. सचेत अवस्थामा रहेको; जागरूक; जाग्रत्; जागा।
२. बुझ्नुपर्ने कुरालाई राम्ररी बुझेको; जानेसुनेको।
३. विकसित मस्तिष्क भएको।
उदाहरण : चञ्चल, प्रबुद्ध, प्रगतिशील र प्रतिष्ठित मानव।
प्रवाहमय
[वि०] प्रवाह भएको; बेगिलो; फुर्तिलो; छिटो।
उदाहरण : गाँठ्ठे, त्यसको नेपाली ! त्यो मेरोजत्तिकै शुद्ध छ ! मेरोजत्तिकै प्रवाहमय ! मेरोजत्तिकै परिस्कृत !
लेस
[ना०] [सं० श्लेष] १. थोरै मात्र चिप्लो घस्ने वस्तु।
२. त्यस्तो वस्तुको अल्प परिमाण।
३. बाबरलेटजस्तो प्वाल–प्वाल परेको मिही कपडामा पातला बुट्टा निकालिएको, विभिन्न आकारका चौडाइ हुने, प्रायः केटीहरूका जामा, फ्रक आदिका बाहुला, गला आदि भागमा र पेटीकोट, सारी आदिका किनारामा लगाइने पट्टाजस्तो साधा वा रङ्गिन कपडा।
उदाहरण : म ध्यानले सुन्छु, नेपाली बोलाइमा अनेपाली लवजको लेसमात्र पनि लक्षण छैन।
सतचूर्ण
निक्खर कालेको अद्भुत नेपालीले मेरो आधा दम्भ सतचूर्ण बनाइदियो।
सघन
[वि०] [सं०] १. बाक्लो वा घना (वनजङ्गल आदि)।
२. खँदिलो; ठोस।
३. साथै चलाउन वा चल्न सक्ने कुराले युक्त।
उदाहरण : त्यो सघन कृष्णवर्णी वक्ता मलाई एकाएक मानिस–मानिसजस्तो लाग्यो।
जिजीविषा
[ना०] [सं०] बाँच्ने इच्छा; बाँचिरहने चाहना।
अनुराग
[ना०] [सं०] १. कसैप्रति वा कुनै कुराप्रति मनमा अनुभव हुने आकर्षण, संलग्नता तथा आसक्तिको भाव। २. कुनै वस्तु वा व्यक्तितर्फ मन प्रवृत्त हुने व्यापार वा अवस्था। ३. कुनै व्यक्ति वा कुराप्रति मनको झुकाउ; त्यसरी मन तानिएको वा संलग्न रहेको स्थिति। ४. शृङ्गारका सन्दर्भमा मिलन वा शारीरिक सम्पर्क हुनुभन्दा अगि नारी र पुरुषका बीच मानसिक स्तरमा अनुभव हुने प्रीतिको प्रारम्भिक भाव; आसक्ति; अनुरक्ति; स्नेह; प्यार; प्रीति; प्रेम; माया; प्रणय; मायापिर्ती।
आखेट
[ना०] [सं०] सिकार खेलिने जीवजन्तु; सिकार; अहिरो
उदाहरण :अनुरागयुक्त आँखाको भाकाले मानौँ ती मलाई भन्छन्, ‘खगेन्दाइ ! आखेट, यातना र मृत्युको वेदीमा म पहिले, तिमी पछि।’
वेदी
[ना०] [सं०] १. धार्मिक कृत्यका निम्ति पवित्र माटोद्वारा अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भूमि; चौकी। २. चौतारो। वि० ३. जान्ने; ज्ञाता। ना० ४. विद्वान्; पण्डित। ५. आचार्य; शिक्षक।
उदाहरण :अनुरागयुक्त आँखाको भाकाले मानौँ ती मलाई भन्छन्, ‘खगेन्दाइ ! आखेट, यातना र मृत्युको वेदीमा म पहिले, तिमी पछि।’
द्वेषी
[वि०] १. द्वेष गर्ने; डाहा गर्ने। ना० २. शत्रु; दुस्मन; वैबकमरी
उदाहरण : मभित्रको लघु महेन्द्रको प्रेत, अन्यद्वेषी र नश्लभेदी महेन्द्र, संकीर्णमति र अहंकारी महेन्द्रको प्रेत आक्रमणमा पर्न थाल्यो।
यन्त्रणा
[ना०] १. कसैलाई दिइने यातना; सास्ती। २. वेदना; पीडा; कष्ट।
उदाहरण : नेपथ्यमा माओवादी जनयुद्ध उत्कर्षमा छ, सामुन्नेमा ज्ञानेन सरको फौजी ताण्डव चालू छ, र नागरिकलाई यत्रतत्र छेकथुन र यन्त्रणा छ।
कल्पनातीत
[वि०] १. कल्पनादेखि बाहिरको; कल्पना गर्न नसकिने। २. जान्नबुझ्न वा सोचविचार पुर्याउन नसकिने; अज्ञेय।
उदाहरण : छनलाई यन्त्रणा गहुँगोराहरूलाई पनि छ। तर कालालाई जति छ, त्यो कल्पनातीत छ।
अलमस्त
[वि०] [फा०] फिक्री नभएको; पर्वाह नगर्ने; मगनमस्त; मनमोजी।उदाहरण : उनी जय नेपालमा सिनेमा हेरेर लुखुरलुखुर डेरा फर्किंदै छन्। एक्लै र अलमस्त। मानौं डर केहीको छैन।
हुर्मत
[ना०] [अ० हुरमत] १. इज्जत; प्रतिष्ठा; आबरु। २. मान; गौरव।
उदाहरण : असई ब्रो यौनजन्य हुर्मत प्रदान गर्दै उसको छाती छाम्छ र माड्छ।
लट्ठक
[वि०] [सं० लस्ते लठुवा; स्वाँठ; भुच्चुक; हलम्बू; लठिङ्गरे।
स्वाभिमान
[ना०] [सं०] १. आफ्नो प्रतिष्ठा र महइभ्वमाथिको गरिमा; आत्मगौरव। २. आफ्नो देश, जाति, संस्कृति आदिको सद्अभिमान।
हक्की
[वि०] [हकी] नडराईकन भएको कुरा बोल्ने; हकी; निर्भीक।
जुधारु
[वि०] लड्नभिड्न मन पराउने; जुध्न रुचाउने; युद्धदेखि पछि नहट्ने; युयुत्सु; जोधा; जोधाहा।
हरिप
[वि०] [अ० हरीफ] १. कत्ति पनि धनसम्पत्ति नभएको; कङ्गाल। २. भनेको नटेर्ने; जोधाहा। ३. शत्रु; दुस्मन।
रुष्ट
[वि०] [सं०] कुनै कार्यकारणले रिसाएको; कुपित; क्रुद्ध।
जस्केलो
[ना०] घरको मूल ढोकाबाहेकको कोल्टेपट्टिका गारामा
राखिएको अर्को ढोका; पाश्र्वद्वार; उपद्वार ।